काठमाडौँ - कमल हसनको फिल्म ‘विक्रम’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका छन्। रिलिज भएदेखि नै लगातार राम्रो कलेक्शन गरेको विक्रमले चौथो हप्तामा पनि सानादार कमाई गरिरहेको छ।
‘विक्रम’ले एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ लाई पनि पछाडि पारेको छ। यसैबीच फिल्मले अर्को रेकर्ड बनाएको छ। विक्रमले ४०० करोड क्लबमा प्रवेश गरेको छ।
वर्ल्डवाइल्ड ‘विक्रम’ले ४०० करोडको आँकडा पार गरेको छ। ‘विक्रम’ विश्वभर तमिल फिल्मको सबैभन्दा बढी कलेक्शनको हिसाबले दोस्रो नम्बरमा रहेको छ। शीर्षमा रजनीकान्तको २.० रहेको छ, जसले ६५५ करोड कमाएको थियो।