प्रिमियर लिग: ब्राइटनसँग चेल्सी ४-१ ले पराजित

काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ। गएराति भएको खेलमा ब्राइटन ४-१ गोलले विजयी भएको हो।

खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरेका थिए। खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे। खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४-१ गोलले विजयी भएको हो।

जितसँगै ब्राइटन १८ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ। चेल्सी १२ खेलमा २१ अंकका साथ पाँचौँ स्थानमा रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×