दुर्घटनामा एक युवक र एक वृद्धाको मृत्यु

काठमाडौँ - तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो। स्कुटर चालक प्रहरी नियन्त्रणमा छन्। 

यसैगरी, शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ग २ च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा मलको खाल्डोमा पल्टिदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×