कल्लेनीमा बिजुली बल्यो

काठमाडौँ - म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ। 

जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो। कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन्। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो। प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए।

“कल्लेनीको ट्रान्सफर्रमरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ। ३२ वटा ट्रान्सफर्मर लगिसक्नु भएको छ। छिमेकी गाउँ भारवाङमा पनि बत्ती बाल्ने तयारी छ,” उनले भने, “दुई वर्षअघिनै पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पुर्याएपछि मर्मत गरेर आयोजनालाई पुर्णता दिएका हौँ।” यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुसी भएका छन्।

छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन्।विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×