काठमाडौँ। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन्। उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन्। यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए। अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए।