तेन्दुलकरको आइपिएलको उत्कृष्ट टिमको कप्तान हार्दिक पाण्ड्या

काठमाडौँ - भारतीय महान ब्याट्सम्यान सचिन तेन्दुलकरले आईपीएल २०२२ को उत्कृष्ट इलेभेन छनोट गरेका छन्। हार्दिक पाण्ड्याको कप्तानीमा गुजरात टाइटन्सले लिग जितेको छ। सचिनले पनि आफ्नो आइपिएलको उत्कृष्ट टिममा हार्दिकलाई कप्तान बनाएका छन्।

सचिनले बनाएको टिममा रोहित शर्मा, विराट कोहली, एमएस धोनीका साथै डेभिड वार्नर र कागिसो रबाडा जस्ता स्टार खेलाडीलाई ठाउ दिएका छैनन्। सचिनले यो सिजनको प्रदर्शनका आधारमा मात्रै आफ्नो टोली छनोट गरेको बताएका छन्।

सचिन तेन्दुलकरले जोस बटलरसँगै पञ्जाब किंग्सका ओपनर शिखर धवनलाई ओपनिङका लागि छनोट गरेका छन्। बटलरले यस आइपिएलमा सर्बाधिक ८६३ रन बनाएर ओरेन्ज क्याप जितेका थिए। योसँगै धवनले ४६० रन बनाएका थिए। लखनउका कप्तान केएल राहुललाई सचिनले आफ्नो नम्बर ३ ब्याट्सम्यान रोजेका छन्।

त्यस्तै हार्दिक पाण्ड्यालाई सचिनले आफ्नो टोलीमा नम्बर ४ मा ब्याटिङ गर्ने खेलाडीको टिममा चुनेका छन्। भने, हार्दिकलाई सचिनले आफ्नो आइपिएलको उत्कृष्ट टिमको कप्तान बनाएका छन्।

सचिन तेन्दुलकरको आइपिएल-२०२२ को ११ जना खेलाडीमा- जोस बटलर, शिखर धवन, केएल राहुल, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, लियाम लिभिङस्टोन, दिनेश कार्तिक (विकेटकिपर), राशिद खान, मोहम्मद शमी, जसप्रित बुमराह र युजवेन्द्र चहल रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×