फिल्म खिचिएको ल्वाङ गाउँका स्थानीयलाई देखाइयो ‘२ नम्बरी’

काठमाडौँ - असोजको २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ। तेश्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मले राम्रो शोज पाइरहेको छ।

२ सातामा सुखद कमाई गरेको फिल्मलाई दर्शकले पनि माया दिइरहेका छन्। यसैबीच, यो फिल्मका मेकरले ल्वाङ गाउँमा पुगेर फिल्म देखाएका छन्। यो फिल्म कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, यो गाउँका बासिन्दाले हल नभएका कारण फिल्म हेर्न पाएका थिएनन्। ल्वाङ गाउँका २ सय भन्दा बढी स्थानीयलाई प्रोजेक्टरबाट फिल्म देखाइएको छ।

फिल्मको शोजका लागि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका छन्। फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताएका छन्।

उनले भने-‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं। स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्शन गरेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×