फिल्म ‘म’ को पोस्टर सार्वजनिक

काठमाडौँ - साउनमा प्रदर्शन तय गरेको फिल्म ‘म’ ले पोस्टर सार्वजनिक गर्दै आफ्नो कलाकारहरुको क्यारेक्टरको परिचय गराएको छ। उनीहरुले फिल्ममा निर्वाह गरेको भूमिका र लुक्सलाई पोस्टर मार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, नरेन खड्का, सन्जोग रसाइली, सरोज खनाल, सविन श्रेष्ठ, सरीता लामीछाने र पुनम श्रेष्ठको अभिनय रहेको छ।

सार्वजनिक पोस्टरमा व्याकराउण्डमा हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर व्लु टोनमा पोस्टर बनाईएको छ र स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखीएको छ। राकेश दाहालले पोस्टर डिजाईन गरेका हुन्।

फिल्मको निर्देशक सुवर्ण थापा हुन्। फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन रहेको छ। बनिस शाहको सम्पादन रहेको फिल्मलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेका हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×