सी डिभिजन लिग मिलेमतो प्रकरण : एन्फालाई छानविन गर्न क्लबले आधार देखाउनु पर्ने

काठमाडौँ - सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ। झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन्।  

तेस्रो स्थानमा भएको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए। त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ।

आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा एन्फाले कुनै कुरा उठाउन नसकेको सामाजिक सञ्जालमा लेखेका थिए।

‘जारी एन्फा सी–डीभिजन लिगका धेरै खेलहरूमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो  तिमीहरूको पो केही जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानी छ यसमा। खेलको भावनामा खेलबाड गर्ने अधिकार तिमीहरुलाई छैन। एउटा सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौँ भन्न  कुन मुखले सकेको होला’ चन्दले आफ्नो फेसबुक स्ट्याटसमा ह्यासट्याग ब्याक अफ कर्मा उल्लेख गर्दै लेखेका थिए।

मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका म्यानेजरको जवाफ कुर्दैछ। एन्फाका महासचिव इन्द्रमान तुलाधरले आफूहरुले आरसी ३२ का म्यानेजर चन्दलाई मिलेमतोको आधार देखाउन पात्र पठाएको र जवाफ आइसकेपछि मात्र छानविन गर्ने बताएका छन्।

‘चन्दलाई हामीले तीन दिनभित्र मिलेमतोको विषयमा आधार दिन भन्दै पत्र पठाएका छौं। त्यसको जवाफपछि मात्र छानविनको विषय बाहिर आउनेछ,’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×