ठमेलको एलओडी बन्यो विश्वकै सर्वश्रेष्ठ ५२औं क्लब

काठमाडौँ - एलओडी (लर्ड अफ दि ड्रिंक्स) विश्वकै ५२औं सर्वश्रेष्ठ क्लब बनेको छ। विगत ३ वर्षको इतिहासमा एलओडीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवर्धन गर्न सफल भएको जनाएको छ।

बेलायतको पत्रिका डिजे म्यागले गरेको भोटिङका आधारमा ५२औं स्थान हासिल गर्न सफल भएको सीईओ रवीन श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार यस क्लबमा अहिलेसम्म नेपालका ९० प्रतिशत कलाकार र एकसय बढी विदेशी कलाकारको प्रस्तुतीलाई पनि स्थान दिएको छ।

कोभिडका कारण केही समय समस्यामा परेको भए पनि क्लब पुरानै अवस्थामा फर्किएको उनको भनाई थियो। क्लबले छिटै नै झापा, पोखरा, बुटवललगायतका स्थानमा फ्रेन्चाइज ल्याउने योजना बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×