काठमाडौँ - घरेलु टोली आयरल्याण्डविरुद्धको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड ३१ रनले विजयी भएको छ। आयरल्याण्डले भने टी-२० सिरिजमा पनि हारबाट सुरुवात गरेको छ।
गएराति सम्पन्न खेलमा १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन मात्र बनायो। उसका लागि कर्टिस क्याम्फरले सर्वाधिक २९ रनको योगदान दिए। मार्क आदिरले २५, जर्ज डकरेलले १५, पउल स्टर्लिङले १३, कप्तान एण्डी बलबर्नीले १२ र लोर्कन टकरले ११ रन जोडेका थिए।
न्यूजिल्याण्डका लागि लकी फर्गुसनले ४, जेम्स नीशम, कप्तान मिचेल सेन्टनरले २/२, ईश सोधी र जाकोब डफीले १/१ विकेट लिएका थिए। त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।
उसकाका लागि ग्लेन फिलिप्सले अविजित ६९ रनको अर्धशतकीय पारी खेलेका थिए। ५२ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे। जेम्स नीशमले २९, मार्टिन गुप्टिलले २४ र माइकल ब्रेसवेलले २१ रन जोडेका थिए।
आयल्याण्डका लागि जोश लिटलले ४, मार्क आदिरले २, जर्ज डकरेल र कर्टिस क्याम्फरले १/१ विकेट हात पारे। यो जितसँगै न्यूजिल्याण्डले ३खेलको सिरिजमा १-० को अग्रता लिएको छ। यी दुई टोलीबीचको दोस्रो खेल बुधबार हुनेछ।