काठमाडौँ - अभिनेता राजेश हमालले प्रदर्शनरत फिल्म ‘महापुरुष’ हेरेका छन्। सोमवार साँझ राजधानीको ‘दरबार सिनेम्याक्स’ पुगेर ‘महापुरुष’ हेरेका हमालले आफूलाई फिल्म अत्यन्तै मन परेको बताएका छन्।
उनले फिल्मको कथावस्तु, कलाकारहरुको अभिनयको खुलेर प्रशंशा गरेका छन्।
‘कथावस्तुले दर्शकलाई बाँधेर राख्छ । हरिवंशजीको त के भनौं, सबै कलाकारहरुको अभिनय असाध्यै राम्रो लाग्यो,’ उनले भने,‘इन्टरटेनिङ मात्र नभई कहीँ न कहीँ दर्शकले आफ्नो जीवनसँग रिलेट पनि गर्छ। अत्यन्त रिलेटेवल कथावस्तु छ। हरेक उमेरको दर्शकलाई यसले कहीँ न कहीँ ओगटछ।’
फिल्मले नेपालबाट ७ करोड रुपैयाँ बढी कलेक्सन गरिसकेको छ। प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्ममा हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, रबिन्द्र सिंह बानियाँ, अञ्जना बराईली, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।
म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।