यशको ‘केजीएफ : च्याप्टर २’ हजार करोड कमाउने चौथो फिल्म

काठमाडौं - साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाईको गति बक्स अफिसमा रोकिने अवस्थामा छैन। ‘रकी भाई’ अर्थात् यशको आँधीका कारण ठूलठूला रेकर्डहरु ध्वस्त भएका छन्। यो फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरिसकेको छ। यसरी हजार करोडको रेकर्ड बनाउने फिल्ममध्ये ‘केजीएफ २’ चौथो बनेको छ।

ट्रेड एनालिस्ट रमेश बालाले फिल्म ‘केजीएफ च्याप्टर २’ को विश्वव्यापी तथ्याङ्कको बारेमा नयाँ जानकारी दिएका छन्। उनले ट्वीट गर्दै फिल्मले विश्वभर १००० करोडको आँकडा पार गरिसकेको बताउँदै हजार करोड क्लबमा प्रवेश गर्ने चौथो फिल्म भएको जानकारी गराएका छन्। ‘बाहुबली–२’, ‘दंगल’ र ‘आरआरआर’ पछि ‘केजीएफ च्याप्टर २’ हजार करोड कमाउने चौथो फिल्म बनेको हो।

अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को रिलिजले पनि ‘केजीएफ २’ को कमाईमा कुनै असर गरेको छैन। फिल्मको हिन्दी संस्करणले अहिलेसम्म ३५३.६६ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ। ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ईदको अवसरमा ‘केजीएफ २’ को कमाई अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×