म्यानचेस्टर सिटीले निकाल्यो एभर्टनविरुद्ध १-० को जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध १-० को जित निकालेको छ।

शनिबार राति एभर्टनको मैदानमा सम्पन्न खेलमा सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अंक बनाएर छ अंकको अग्रता कायम गरेको छ।

साथै शनिबार रातिका लागि तोकिएको चेल्सी र लेस्टर सिटीको खेल भने रोकिएको छ। चेल्सीले आज राति काराबाओ कपको फाइनलमा लिभपरपुलको सामना गर्नुपर्ने भएकाले सो खेल स्थगित भएको हो।

गए रातिकै अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले वाटमाफेर्डसँग गोलरहित बराबरी खेलेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा उसले बराबर खेलेको हो। यो बराबरीसँगै ४७ अंक बनाएको युनाइटेड चौथो स्थानमा छ। आर्सनले ४५ अंकका साथ पाँचौं स्थानमा छ। ६० अंक सहित लिभरपुल लिगको दोस्रो स्थानमा छ भने ५० अंक सहित चेल्सी तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×