मुगुका प्रमुख जिल्ला अधिकारी महत सम्मानित

मुगु - विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मान गरेका हुन्।  कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको  जग्गा संरक्षणमा प्रजिअ महतले उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×