आफुलाई सर्वेसर्वा ठान्ने वकिलहरु आन्दोलन फितलो भएपछि, निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसनका वकिलहरुको आन्दोलन दिनानुदिन फितलो हुँदै गइ रहेको छ ।  आन्दोलन फितलो भएपश्चात उनीहरु राजनीतिक दलहरुलाई हारगुहार गर्न पुगेका छन् ।
आजबाट बारको आन्दोलनमा अत्यन्त थोरै संख्यामा कानुन व्यवसायीहरुको उपस्थिति हुन थालेको छ । विषेशगरि बार एशोसियसनलाई आफ्नो औंलामा नचाउने दुई वरिष्ठ नृत्य निर्देशकहरुको निर्देशनमा भइ रहेको बारको आन्दोलनमा कानुन व्यवसायीहरुले नै साथ छोड्दै गए पछि उनीहरु दल गुहार्न व्यस्त भएका हुन् । यतीले पनि नपुगेपछि उनीहरु सर्वोच्च अदालत देखि बालुवाटारसम्म मार्चपास गर्न तम्सिएका छन् ।
सरकारले निषेधित क्षेत्र घोषणा गरेको बालुवाटारमा समेत आफ्नो हैकम जमाउन तम्सिएका छन् बारका वकिलहरु । निषेधित क्षेत्रहरुमा आन्दोलनका कार्यक्रम अघि सारेर आफैँ दंगाफसाद निम्त्याउन तम्सिने वकिलहरुले दंगा प्रहरी प्रयोग गरी दंगाफसाद निम्त्याएको भन्दै टिप्पणी दिनु कहाँसम्म सुहाउँछ त्यो बुझ्ने जिम्मा उनीहरुकै भयो तर उनीहरुले नै गृहमन्त्रीको समेत राजीनामा माग्दै चिच्याउनु भनेको निकै मूर्खतापूर्ण कार्य हो । कानुनका ज्ञाताहरुले पनि अहिले वकिलहरुले देखाएको तमासा उनीहरुको दादागिरी सिवाय केहि नभएको टिप्पणी गर्न थालेका छन् । रामशाहपथको आन्दोलन विफल भएपछि निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने घोषणा नै उनीहरुको सबैभन्दा पछिल्लो दादागीरीको नमुना भएक टिप्पणी कानुनका ज्ञाताहरुले गर्न थालेका छन् ।
अदालत निर्वाध रुपमा चल्नुपर्छ भनेर अहिले सचेत तथा स्वतन्त्र युवाहरुले सडकमा प्रदर्शनसमेत गरिरहेका छन् । उनीहरुले वकिलहरुले राजनीतिक उद्देश्य राखेर आन्दोलन गर्नु नै गलत भएको अभिव्यक्तिसमेत दिईरहेका छन् । उनीहरुले वकिलहरुलाई तत्काल आफ्नो दादागीरी छोडी आन्दोलन फिर्ता लिएर बहस/पैरवीमा आउन भनेका छन् । बहस तथा पैरवीमा नआए बारभित्र पसेर बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आन्दोलनकारीलाई कालो मोसो र जुत्ताको माला लगाउन नपरोस भन्ने चेतावनी समेत युवाहरुबाट आइरहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×