काठमाडौं - दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर घायते भएकी उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा निधन भएको हो ।
विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।