पनौतीको ऐतिहासिक १२ वर्षे मकर मेला नरोकिने, स्वास्थ्य मापदण्डमा सञ्चालन गरिने

काभ्रेपलाञ्चाेक । पछिल्लो समय बढेको कोरोना कहरका कारण काभ्रेको ऐतिहासिक सहर पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला प्रभावित भएको छ ।

काभ्रेको पनौतीको त्रिवेणी घाटामा १२ वर्षमा मकर स्नान मेला लाग्ने गर्दछ । तर यो वर्ष कोरोनाले गर्दा मकर मेला प्रभावित हुने भएको छ। यसअघि कोरोनाका कारण मकर मेला स्थगित हुने समाचार आएकोमा काभ्रेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने मेला स्थगित नहुने प्रष्ट पारेका छन् ।

भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर स्नान गर्ने व्यवस्था गरिने उनले बताए । । मेला व्यवस्थापनका लागि ५० सैनिक, १०० सशस्त्र प्रहरी, ४०० जना स्वयंसेवक, र १०० जनपथ प्रहरी परिचालन हुने उनले बताए

उनले नेपाल सरकारले २५ भन्दा बढी भेला नगर्न दिएको निर्देशनको पालना गरेर मेला सञ्चालन गरिने दाबी गरे । पनौती छिर्ने नाकामा स्वास्थ्य परीक्षण गरेर तीर्थयात्रीलाई त्रिवेणीमा स्नानको व्यवस्था मिलाइने उनले जानकारी दिए। पनौतीको त्रिवेणीमा क्षेत्र ठूलो भएकोले २५/२५ जनालाई दुई मिटरको दूरीमा एकपटकमा २०० जनाले नुहाउन सक्ने व्यवस्था मिलाइने नगर प्रमुख न्यौपानेकाे भनाइ छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×