नाडाल २९औं पटक अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं– स्पेनिस टेनिस स्टार राफायल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै पाँचौ वरीयताका नाडाल उपाधि नजिक पुगेका हुन् ।

सेमिफाइनलमा नाडालले सातौं वरीयताका माटियोमाथि ६-३, ६-२, ३-६ र ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकालेका हुन्। नाडाल २९औं पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन्। अब उनले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्नेछन्।

२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×