भारत। बलिउड अभिनेत्री प्रियंका चोपडा अर्को हलिउड चलचित्रमा अभिनेता एन्थोनी म्याकीसँग देखिने भएकी छिन्। हलिउड चलचित्र 'इन्डिङ थिंग्स' मा उनले एन्थोनीसँग एकसाथ देखिने भएकी हुन्।
चलचित्रमा केभिन सुलिवानको कथा तथा निर्देशन रहनेछ। चलचित्रको कथा अपराधिक गतिविधि त्यागेर बाहिर निस्किन खोजिरहेको एक महिलामा आधारित रहेको छ। चलचित्रको छायांकन चाडैं सुरु जनाइएको छ। प्रियंका हालै हलिउड चलचित्र 'म्याटरिक्स रेसुररेक्सन'मा पनि देखिइसकेकी छिन्।