डब्लूएचओले कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई दियो अनुमति

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब(इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति दिएको हो ।

बाथको रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुले जनाएका छन् । उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा समेत नियन्त्रण गर्ने चिकित्सकहरुले उल्लेख गरेका छन् ।

उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो ।दुवै औषधिलाई एकैपटक सेवन नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×