जिल्ला निर्वाचन कार्यालय बागलुङद्वारा निर्वाचनको तयारी तीव्र

काठमाडौँ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ। निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्माले जानकारी दिए। “मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौँ”, उनले भने।

कार्यालयले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा आगामी फागुन २० गतेभित्र वडा कार्यालयको सिफारीसमा निवेदन दिएकाको मात्रै मतदाता परिचयपत्र आउने भन्दै परिचयपत्र नभएकाले समयमै निवेदन दिन आग्रह गरेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए। मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ। 

फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्ने भनिए पनि १७ गते भित्रै नामावली पठाइसकिएकाले मतदाना नामावली अध्यावधिक गर्न सहज हुने शर्माको भनाइ छ। मतदाता नामावली अध्यावधिक गर्नका लागि फागुन २० देखि २४ गतेसम्मलाई आह्वान गरिएको छ। यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यकोसमेत तयारी थालेको छ।

बागलुङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि १०३ मतदानस्थल र २०१ केन्द्र तोकिएको छ। हालसम्म जिल्लामा एक लाख ९५ हजार ३२६ फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×