सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’

काठमाडौँ -  पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ। प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले  विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ। नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ।

‘कबड्डी ४’ सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ र सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन हुने भएकाे छ। कबड्डीको प्रत्येक सिरिजले अष्ट्रेलियामा राम्रो दर्शक पाइरहेको छ। यसले पनि राम्रो व्यापार गर्ने अष्ट्रेलिया राइट्स लिएका रोशन भट्टराईले बताए। ‘हामीले कबड्डी देखि नै फिल्म देखाइरहेका छौं। दर्शकको डिमाण्डसँगै कबड्डी सिरिजले नेपाली फिल्मको बजार समेत बढाउन मदत गरेको छ’ भट्टराईले भने।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, अरुण कार्की लगायतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×