काठमाडौँ। अहिले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतका खेलहरु भइरहेका छन्। सोहि अन्तर्गतको खेलमा नेपालले कुवेतलाई ९ विकेटको अन्तरले हराएको छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र २७ रन जोडेको थियो। नेपाली महिला क्रिकेट टोलीले १ विकेट गुमाउदै ३।३ ओभरमा आफ्नो लक्ष्य हासिल गरेको थियो। जसमा ईन्दु बर्माले १३ रन र रुविना क्षत्रीले १२ रन बनाए। सितारान मगरले भने खाता खोल्न सकिनन्। खेलमा संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट लिए। त्यसैगरि करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए। नेपालले हङकङसँगको खेलमा पराजय भोगेको थियो भने भुटानलाई ८ विकेटले हराएको थियो।