क्यानडामा चक्कु प्रहारका एक अभियुक्त मृत फेला, अर्का फरार

काठमाडौँ - क्यानडाको प्रहरीले आइतबार विभिन्न स्थानमा छुरा प्रहार गर्ने दुई संदिग्ध आक्रमणकारीमध्ये एकजना मृत फेला परेको जनाएको छ। क्यानाडाको मध्य सास्काचेवान प्रान्तमा आक्रमणकारीमध्ये एक ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिड क्री नेसनमा फेला परेको प्रहरीले जनाएको छ। आक्रमणमा परी ज्यान गुमाउनेहरूमध्ये धेरै यही ठाउँमा बस्छन्।

पक्राउ परेका दुवै जना दाजुभाइ रहेको प्रहरीले जनाएको छ। यी मध्ये एक भाइ मिल्स स्यान्डरसन अझै फरार छन्। उनी रेजिना शहरमा नै छन् भन्ने अनुमान गरिएको छ। आइतबार यी दुईको चक्कु प्रहारमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए।

दुबै संदिग्धहरूलाई अन्तिम पटक सास्काचेवानको राजधानी रेजिनामा देखाइएको थियो। तीनै प्रदेशका प्रहरी दुवैको खोजीमा जुटेका छन्। यी आक्रमणहरू विभिन्न १३ ठाउँमा भएका थिए। डेमियन र मिल्स दुवैलाई हत्याको आरोप लगाइएको छ।

प्रहरीले मिल्स अझै फरार रहेको र जनता सचेत हुनुपर्ने बताएको छ। ३० वर्षीय मिल्सलाई पनि चोट लागेको हुनसक्ने र नजिकैका मानिसहरूबाट स्वास्थ्य सहायता लिन सक्ने प्रहरीको विश्वास छ। यद्यपि, मिल्सले आफ्नो भाइ डेमियनको हत्या गरेको हो वा होइन भनेर प्रहरीले खुलाएको छैन।

मिल्सविरुद्ध विगत केही वर्षदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणपछि भने, ‘हाम्रो देशमा यस्ता खालको कुनै पनि हिंसाको लागि ठाउँ छैन।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×