काठमाडौँ - गायक शिव परियारको स्वर रहेको 'फूलै फूल दिन्छौ कि' बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
'फूलै फूल दिन्छौ कि' बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ।
यो म्युजिक भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्। गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ। सौरभ लामिछानेले छायांकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।
गीतको भिडिओ आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।