चलचित्र ‘प्रकाश’ले भदौं ११ गते च्यारिटी शो गर्ने

काठमाडौँ - नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो हुने भएको छ। आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन भदौं ११ गते काठमाडौँमा च्यारिटी शो गर्न लागिएको हो। नयाँ बसपार्कस्थित बिजी मलमा दिउँसो २ः३० बजे चलचित्रको च्यारिटी शो राखिएको छ।

च्यारिटी शोको उद्धेश्य भने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने रहेको निर्माण टिमले जनाएको  छ। तारकेश्वर नगरपालिका भित्र अध्ययनरत सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने हेतुले च्यारिटी शोको आयोजना गर्न लागिएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन्।

चलचित्र शिक्षासँग सम्बन्धित रहेको र शिक्षाकै लागि सहयोगी हात बन्न च्यारिटी शो गर्न लागिएको जनाइएको छ। च्यारिटी शोका लागि ८ सय रुपैयाँ टिकटदर तोकिएको छ।

विकट गाउँको १ युवाले शिक्षक बन्न गर्ने संघर्षको कथामा निर्माण भएको ‘प्रकाश’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ। चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×