रसुवागढी नाकाबाट हुने आयात पुनःसञ्चालनमा

काठमाडौँ - हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ।

चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो। चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए। हिउँ पग्ल्लिएसँगै बुधबार नौवटा टेलरमार्फत सामान आयात भएको हो।

हिमपातका कारण चिनियाँ सवारी साधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ।रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन्। बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन्।आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौँ ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन्।

भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म रु चार अर्ब ७६ करोड ६० लाख ५२ हजार राजस्व सङ्कलन भएको हो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×