काठमाडौँ - चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको। गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ।
गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ। यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ। दशैं तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ।
संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन्। उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन्।
हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ। यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन्। जहाँ, थुप्रै संवाद पनि समावेश छ। भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ। भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ।
भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय रहेको छ।