काठमाडौँ - लन्डन क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेलसँग सम्झौता थप गर्ने भएको छ। जर्मन प्रशिक्षक टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको छ।
तर, उक्त सम्झौता नसकिँदै चेल्सीले नवीकरणको लागि मुख्य प्रशिक्षक टुचेलसँग छलफल अघि बढाएको छ। चेल्सीले सन् २०२१ मा पूर्व खेलाडीसमेत रहेका फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
सुरुवातमा टुचेलले १८ महिनाको लागि सम्झौता गरेका थिए। उनले आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
त्यसअघि टुचेलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए।