इलाम - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएक छन्।
मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गर्नुभयो । हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए। अध्यक्ष ओलीले भने, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने? इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे।
फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उनको भनाइ छ। एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको भनाइ छ। एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गरेका छन्।