काठमाडौँ। नेपाली चलचित्र ‘दौड’ बन्ने भएको छ। निर्देशक मदन घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रका लागि विकास बोर्डबाट अनुमति समेत लिइसकेको छ। प्रेम कथा तथा एक्सन विधामा आधारित चलचित्रको पटकथामा हाल काम भइरहेको छ। मदन घिमिरेकै कथा रहेको चलचित्रको कलाकार तथा प्राविधिक छनौटको काम समेत भइरहेको छ। चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ। घिमिरेको निर्देशन रहेको अर्को चलचित्र ‘आँधी तुफान २’ प्रदर्शनको तयारीमा रहेको छ।