मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ - २२ औँ इमेज अवार्ड वितरण सम्पन्न भएको छ। सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग इमेज अवार्डमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो।

अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। कोरोना संक्रमण कारण २ वर्ष हुन नसकेका इमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो।

अघिल्ला संस्करणमा १८ बिधा समावेश हुँदै आएको अवार्डमा संस्करणदेखि १५ विधा समावेश गरिएको हो। त्यस्तै यो पटक सर्वोत्कृष्ट नेपहप-र्‍याप प्रस्तुती विधा पनि समावेश गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×