चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ - चितवनबाट काठमाडौँ फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौँ फर्कदै थिए।

५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना २ ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा उनको मृत्यु भएको हो। माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो।

३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो। गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ।

चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन्। पछिल्लो समय  दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×