नेयमारको पेनाल्टीमा हारबाट जोगियो पीएसजी

काठमाडौँ - पेरिस सेन्ट जर्मन आफ्नो घरेलु मैदानमा बराबरीमा रोकिएको छ। आइतबार लिग वानमा भएको खेलमा १ गोलले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो।

नेयमारले खेलको ७० औँ मिनेटमा पोनाल्टीबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए। ५ खेलमा उनको आठौँ गोल हो। यसअघि केभिन भोलान्डले मानाकोलाई खेलको २० औँ मिनेटमा अग्रता दिलाएका थिए।

साबिक विजेता पीएसजी १० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ। मार्से र रेसिङ लेन्ससँग उसको अंक बराबर रहेको छ। आइतबारकै खेलमा एलेक्सिस सान्चेजको दुई गोलको मद्दतले मार्सेले निसलाई ३-१  गोलअन्तरले हराएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×