लुम्बिनी अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल टि-२० लिगमा लुम्बिनी अल स्टार्सको कप्तानी गर्ने भएका छन्। लुम्बिनी अल स्टार्सले एक कार्यक्रम गर्दै दीपेन्द्र कप्तानमा नियुक्त गरेको छ।

मुख्य प्रशिक्षक रहेका पिटर ट्रेगोले दीपेन्द्रलाई एक कार्यक्रमकाबीच कप्तान घोषणा गरेका थिए। दीपेन्द्र नेपाली टोलीको उपकप्तान, नेपाल पुलिस क्लबको कप्तानी र तीनै फ्रेन्चाइज क्रिकेटमा कप्तानी गरेका छन्। दीपेन्द्रको कप्तानीमा पुलिसले नवौं राष्ट्रिय खेलकुदमा पुलिसतर्फ क्रिकेट स्वर्ण जितेको थियो।

२०१९ मा धनगढी प्रिमियर लिगमा दीपेन्द्रको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले उपाधि जितेको थियो। दीपेन्द्रले यसअघि उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्। उनकै कप्तानीमा नेपालले सन् २०१७ को यू-१९ एसिया कपमा ऐतिहासिक नतिजा हासिल गरेको थियो।

दीपेन्द्रको कप्तानी प्रदर्शनमा नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएको थियो। उनी उक्त खेलमा अलराउन्ड प्रदर्शन गर्दै दीपेन्द्र म्यान अफ द म्याच घोषित भएका थिए। दीपेन्द्रले त्यसपछि पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज, एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्स र धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाको कप्तानी पनि सम्हालेका छन्।

अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि-२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गर्दा ७ विदेशी खेलाडी रहेका छन्। जसमध्य ३ भारतीय खेलाडी छन्। भारतीय यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द देखि इंग्ल्यान्डका युवा तीव्र गतिका बलर प्याट ब्राउनसम्मका खेलाडी समेट्दै अल स्टार्स उपाधिको प्रमुख दाबेदारी देखिएको छ। ७ विदेशी खेलाडी राख्ने लुम्बिनी एक्लो टोली हो।

अल स्टार्सको भारतीय ब्याटर उन्मुक्त चन्द, अलराउन्डर विपुल शर्मा, हरमीत सिंह, आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टर, इंग्ल्यान्डका प्याट ब्राउन, दक्षिण अफ्रिका अलराउन्डर शड्ली भान सेल्किक र श्रीलंका लाहिरु मिलान्था रहेका छन्।

अल स्टार्सको तीव्र गतिको बलरमा गुलशन झा, किशोर महतो, आकाश चन्द, प्याट ब्राउन्ड र सेल्किक हुनेछन्। स्पिनरमा विपुल शर्मा, तिलकराज भण्डारी र सागर ढकाल रहेका छन्। विकेटकिपरमा अनिलकुमार शाह र लाहिरु मिलन्था हुनेछन्। दीपेन्द्र, अनिल, उन्मुक्त, कुशल, सुनिल र ह्यारी टेक्टर हुनेछन्। अल स्टार्स ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट देखिन्छ।

अल स्टार्स कागजी रुपमा उपाधिको प्रमुख दाबेदार टोली हो। लुम्बिनीको मुख्य प्रशिक्षकमा इंग्ल्यान्डमा पिटर ट्रेगो र साहायक प्रशिक्षकमा मनोेज कटवाल हुनेछन्। अल स्टार्समा रहेका दीपेन्द्र, कुशल, सागर, सुनिल, गुलशन र योगेन्द्रसिंह कार्की पुलिसबाट घरेलु क्रिकेट खेल्ने गर्दछन्। अल स्टार्सले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगिता सुरुवात गरेको छ।

नेपाल टि-२० लिगमा काठमाडौँ नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन्। लुम्बिनीले सबै टोलीसँग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ। शीर्ष ४ मा रहन सके प्लेअफ खेल्नेछ। शीर्ष २ टोलीबीच पहिलो क्वालिफायर हुनेछ। फाइनल १० जनवरीमा हुनेछ।

लुम्बिनीको टोलीमा

दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, सुनिल धमला, गुलशन झा, योगेन्द्रसिंह कार्की, किशोर महतो, ईशान पाण्डे, अनिल कुमार शाह, तिलकराज भण्डारी, विपुल शर्मा, प्याट ब्राउन, हरमीत सिंह, लाहिरु मिलन्था, शड्ली भन सेक्किक, ह्यारी टेक्टर र उन्मुक्त चन्द रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×