जर्मनीका महान फुटबलर उवे सिलरको निधन

काठमाडौँ - जर्मनीका लेजेण्ड फुटबलर उवे सिलरको निधन भएको छ। जर्मनीका पूर्वस्ट्राइकर तथा कप्तान सिलरको ८५ वर्षको उमेरमा निधन भएको हो।

तत्कालिन वेस्ट जर्मनीबाट ४ विश्वकप खेलेका सिलर विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिन्छन्। उनी ४ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत हुन्।

सिलरले जर्मनीका लागि ७२ खेलमा ४३ गोल गरेका थिए। क्लब फुटबल हामबर्गबाट मात्र खेलेका उनले ५८० खेलमा ४९० गोल गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×