एमालेले प्रतिपक्षको हैसियत गुमाउदा अर्लिइलेक्सनको आवश्यकता देखियो : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाको निर्वाचन स्थानीय तह भन्दा अगावै गर्नका लागि आफूहरु तयार भएको बताएका छन्।

पार्टी केन्द्रीय  कार्यालयमा मंगलवार आयोजित  एक कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले वैशाख अगाडि भने स्थानीय तहको निर्वाचन सम्भव नदेखिएको बताए। प्रतिनिधिसभा प्रभावहीन बनिरहेको र प्रतिपक्षीले समेत चुनावको नै वकालत गरिरहेको बेला, सत्तापक्ष प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि अर्लि ईलेक्सनमा जानुपर्ने सोचाइमा रहेको अध्यक्ष नेपालको भनाइ छ ।

संविधान र ऐन बाझिएको अवस्थामा संविधानलाई आधार मान्नुपर्ने भएकोले स्थानीय तहको निर्वाचन बैशाखमा सम्भव नभएको बताउँदै अध्यक्ष नेपालले सबै तहको निर्वाचन एकै चरणमा गर्न सम्भव भए त्यसले  राज्यलाई आर्थिक लाभ हुने उल्लेख गरे ।

प्रतिनिधिसभालाई पंगु बनाउन उद्दत नेकपा एमालेको प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने हैसियत समेत  नरहेको उनको दाबी थियो । प्रतिनिधिसभा लामो समय निष्क्रिय भैराख्नु लोकतन्त्रका लागि प्रत्युत्पादक हुने भन्दै नेताहरु अर्लि इलेक्सन लगायतका विकल्पको खोजिमा लागेको उहाँले प्रष्ट पारे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी गरेको फैसलाको नजिरलाई हेर्दा अर्लि इलेकसनका लागि  संवैधानिक प्रावधानको प्रयोग वा संकल्प प्रस्ताव पारित गर्नुपर्ने भएकोले त्यसबारे दलहरुबीच छलफल भैरहेको उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×