पोर्चुगिज युवा फरवार्ड फाबियो कार्भाल्हो लिभरपुलमा अनुबन्धित

काठमाडौँ - इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज युवा फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ। लिभरपुलले १९ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब फुलहमबाट अनुबन्ध गरेको हो।

लिभरपुलले फुलहमबाट ८ मिलियन पाउन्डमा कार्भाल्होलाई अनुबन्ध गरेको  जनाएको हो। कार्भाल्हो जुलाई १ बाट लिभरपुलमा जोडिनेछन्। कार्भाल्होले सन् २०२१–२२ को सिजन फुलहमका लागि ३६ खेलमा १० गोलसँगै आठ असिस्ट दिएका थिए। फुलहमका लागि उनले ५० खेल खेल्दा १२ गोल गरेका थिए।

फुलहमले च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सहस्य रहेका थिए। उनले पोर्चुगलको यु–२१ टोलीबाट खेलिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×