पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

मुस्ताङ - पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको हो।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने तर  मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी आएको छ। उनले जहाजको सोधीखोजी भइरहेको बताएका छन्।

जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए। घटनाकाबारे थप विवरण भने आइपुगेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×