काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
उद्यौली पर्व, योमरी पुन्ही ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।
पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस तथा धान्य पूर्णिमाको अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट आइतवार सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।