राजेश हमाललाई कम ब्याक गराउने भनिएको 'सत्यम्' तत्काल नबन्ने

काठमाडौँ - राजेश हमाललाई कमब्याक गराउने भनिएको 'सत्यम' तत्काल निर्माण नहुने भएको छ। सेटदेखि कलाकारसम्ममा किरब ५० लाख खर्च भइसकेको उक्त चलचित्र निर्माणबाट निर्माता पछि हटेका छन्। 

पोखरामा फिल्मका मुख्य कलाकार राजेश हमाल, अनुपविक्रम शाही, पल शाह र मल्लिका महतसमेत सहभागी भई कार्यशालासमेत भएको थियो। तर यही कार्यशालापछि टिम तितरबितर भएको थियो। फिल्ममा पल शाहको अपोजिटमा रहेकी मल्लिकाले यही कार्यशालापछि फिल्म छाड्ने निर्णय गरेकी थिइन्।

केहिदिन अघिमात्र एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीमा अभिनेता राजेश हमालले उक्त फिल्म तत्काल नबन्ने बताएका थए। उनले फिल्म बन्न त बन्ने तर अलि पछि बन्ने प्रतिक्रिया दिएका थिए। 

यो फिल्मले देशका तीन ठाउँमा अडिसन लिएको थियो। सहायक कलाकार छान्नका लागि निर्माण टिमले काठमाडौँ, पोखरा र बुटबलमा अडिसन गरेको थियो। योबाहेक पोखरामा भव्य सेट बनाउन पनि निर्माताले २५/३० लाख खर्च गरेको दाबी गरेका थिए। यो फिल्मको बजेट ८ करोड दाबी गरिएको थियो। निर्देशकले ५ करोड निर्माणका लागि र ३ करोड प्रचारप्रसारका लागि छुट्याउने दाबी गरेका थिए।

फिल्म तत्काल नबन्नुको कारण भने निर्माण पक्षले खुलाएको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×