आईसीसी विश्वकप : आज भारत र इङ्ल्याण्ड भिड्ने

आइईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। आयोजक भारत र साविक विजेता इङ्ल्याण्डबीचको खेल दिउँसो सवा २ बजे लखनऊ रंगशालामा शुरु हुनेछ। 

जारी प्रतियोगितामा भारत एकमात्र अपराजित टोली हो। उसले ५ खेलबाट १० अंक जोडेको छ। तर साविक विजेता इङ्ल्याण्डको प्रदर्शन भने खस्किएको छ। पाँचमध्ये एक खेल जितेको इङ्ल्याण्ड २ अंकसहित तालिकाको पुछारमा छ। भारत र इङ्ल्याण्डबीच भएका पछिल्ला पाँच एक दिवसीय प्रतियोगितामा भारतले तीन र इङ्ल्याण्डले दुई खेल जितेको छ। 

यसअघि गएराति भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशविरुद्ध ८७ रनको सहज जित निकाल्दा अस्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध ५ रनको सकसपूर्ण जित दर्ता गर्‍यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×