काठमाडौँ । आज पार्टी कार्यालय धुम्बराहीमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कमिटीको बैठकमा निवर्तमान अध्यक्ष कमल थापाको अनुपस्थिति रह्यो ।
उनी अनुपस्थित भए पनि उनका लागि कुर्सी भने छुट्याइएको थियो । अहिले समाजीक संजालहरुमा उक्त बैठकको तस्बिर सार्वजनीक भएसँगै निकै चर्चामा रहेको छ । निवर्तमान अध्यक्ष थापाको लागि अहिलेका अध्यक्ष राजेन्द्र लिङदेनसँगै कुर्सीको व्यवस्था गरिएको थियो । तस्बिरमा दायाँ तर्फ अध्यक्ष लिङ्देन छन् बिचको कुर्सी खाली छ र खाली कुर्सीको बाँयापट्टि उपाध्यक्ष बुद्धिमान तामाङ रहेका छन् । उक्त खाली कुर्सी निवर्तमान अध्यक्ष कमल थापाको लागि छुट्याइएको कुर्सी हो । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको भने उपस्थिति रहेको थियो । उनीहरु अध्यक्ष लिङदेनको दायाँपट्टि बसेको तस्बीरमा देख्न सकिन्छ ।
थापाले महाधिवेशनमा नेतृत्व चयनकार्यमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप रहेको भन्दै छानबिनको माग गर्दै आएका छन् । उनको अनुपस्थितिको कारण यहि हुन सक्ने आशंका जनमानसमा रहेको छ ।
यो राप्रपाको महाधिवेशन पश्चातको पहिलो केन्द्रिय कमिटीको बैठक हो ।