काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विषेश प्रदेश सम्मेलनको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
देशभर एक्कैपटक शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन अन्तरगत विषेश प्रदेशले आइतवार सर्वसम्मत नेतृत्व चयन गरेको हो । ललितपुरको भैंसेपाटीमा सम्पन्न बन्द सत्रले मजदुर नेता जगत सिंखडाको नेतृत्वमा १ सय ४१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
सम्मेलनले ८ सदस्यीय पदाधिकारी पनि सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्षमा जगत सिम्खडा, उपाध्यक्षमा कृष्ण केसी, संगीता खड्का, प्रकाश पाण्डे चयन हुनुभएको छ । त्यस्तै सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन बहादुर मल्ल, विष्णु थापा रहेकाे छ । कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरिएको छ ।