नेपथ्यले ‘मानवताका लागि संगीत’ शीर्षकमा अभियान चलाउने

काठमाडौँ - चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ। ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो।

३ दशक भन्दा लामो समयदेखि दर्शक(श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेको नेपथ्यले संगीतलाई समायनुकूल सामाजिक अभियानमा पनि जोडिंदै आएको छ।

मानव सेवा आश्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्यान्डले विभिन्न कन्सर्टमार्फत आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने नेपथ्यले जनाएको छ। नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २ हजार ८२३ जनालाई उनीहरुको परिवारमा पुनर्स्थापित गराइसकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×