भारत। बलिउड अभिनेत्री लारा दत्ताको आउँदो वेब सिरिज 'हिकअप्स एण्ड हुकअप्स'को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेत्री लाराले पनि आफ्नो सामाजिक सञ्जालमा ट्रेलर शेयर गरेकी छिन्। ट्रेलरको क्याप्सनमा उनले लेखेकी छिन् "यो परिवारको लागि कुनै पनि कुरा संस्कारी हुने वाला छ। के होला यदि यो परिवारले यस्तो पाहुना भेट्दा,जो उनीहरुको ठ्याक्कै बिपरित छ? चाडै खुलासा हुनेछ। सिरिज २६ नोभेम्बरबाट विभिन्न ओटिटिमा हेर्न सकिनेछ। कुणाल कोहलीको निर्देशनमा तयार भएको सिरिजमा प्रतीक बब्बर, आलोक नाथ, मीरा चोपडा र मियांग चेन्ग पनि मुख्य भूमिकामा देखिनेछन्।
ट्रेलर