काठमाडौँ। बलिउड कलाकार आफ्नो शौखिन जीवनशैलीले चर्चामा रहने गरेका छन्। हालै अभिनेत्री कियारा आडवाणीले आफ्नो कार कलेक्सनमा थप एक कार जोडेकी छिन्। उनले 'अडी ए८एल' किनेकी हुन्। उक्त कारको मुल्य १.५६ करोड भारतीय रुपैँया रहेको छ। उनी अडीको नयाँ ब्र्याण्ड एम्बेसडर समेत बनेकी छिन्। उनीसँग बिएमडब्लु एक्स५, मर्सिडिज बेन्ज इ क्लास, र बिएमडब्लु ५३०डी लगायतका कारहरू रहेका छन्।