क्यानले गर्ने प्रतियोगिता नै आधिकारिक: खेलकुदमन्त्री गहतराज

काठमाडाैँ - नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले नेपाल क्रिकेट संघ क्यानले गर्ने प्रतियोगिता मात्रै आधिकारिक हुने प्रष्ट पारेका छन्। 

अमेरिकामा हुने आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जान लागेको नेपाली टिम विदाई कार्यक्रममा मन्त्री गहतराजले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने प्रष्ट पारेका हुन्। 

क्यानले नै नेपाली क्रिकेटको विकासका लागि सरकारसँग समन्व्य गर्ने भएकाले उसले आयोजना गर्ने प्रतियोगिता बाहेक अरुले आयोजना गर्ने प्रतियोगितालाई नचिन्ने प्रष्ट पारे। 

पछिल्लो समय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ईपीएललाई क्यानले मान्यता दिनुपर्ने माग राख्दै अदालतसम्म पुगे पछि मन्त्रीको यस्तो भनाई आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

 क्यानले यसैवर्षदेखि नेपाल टी २० लिग आयोजना गर्ने र यो नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग रहेको प्रष्ट पारे पछि ईपीएलका आयोजकले सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेका छन्।  टिम मालिकहरुले पनि संयुक्तरुपमा पत्रकार सम्मेलन गरी क्यानले आयोजना गर्ने प्रतियोगिता वहिष्कार गर्ने आशय व्यक्त गरेका हुन्। 

उता, क्यानले पनि नेपाल टि २० लिग नै आधिकारिक फ्रेन्चाइज लिग रहेको र अन्य विगतमा भएका फ्रेन्चाइज प्रतियोगितालाई क्षेत्रियस्तरमा गर्दा अनुमति दिने बोर्ड बैठकबाट नै निर्णय गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×