निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

काठमाडौँ - निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन भएका छन्।

शनिबार बागलुङ बजारमा भएको पाँचौँ अधिवेशनले उहाँका नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र खड्का, उपाध्यक्षमा सन्दीप खड्का, अरुण शाक्य र मधुसुधन राजभण्डारी चयन भएका छन्। सदस्यहरूमा दीपककुमार अदै, दुर्गाबहादुर खत्री, सुजन लामिछाने, लोकेन्द्रबहादुर केसी, सङ्गम घर्तीमगर, दलबहादुर श्रीष राना, योगेन्द्र बहादुर भण्डारी, विमलेश आचार्य, राजीन खड्का, ध्रुव खड्का, मनोज खड्का र सनी केसी चयन भएका छन्।

त्यस्तै, आमन्त्रित सदस्यमा बुद्ध बोहरा, नरबहादुर केसी, कृष्णबहादुर केसी, सुरज खड्का र क्षेत्रबहादुर केसी चयन भएका छन्। अधिवेशनको उद्घाटन गर्दै पूर्वकेन्द्रीय सदस्य प्रकाश आचार्यले निर्माण व्यवसायीका समस्यामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। आचार्यले समस्याको चाङका बीचमा राष्ट्र निर्माणका सहयोगी व्यवसायीलाई राज्यले हेर्ने नजर फरक रहेको बताए। उनले सबै व्यवसायीलाई एउटै डोकोमा राखेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिए।

कार्यक्रममा पाँचौँ अधिवेशनका संयोजक कुमार खड्का, संस्थापक अध्यक्ष जयचन्द्रप्रसाद श्रेष्ठलगायतले बोलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×